Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

उपेन्द्र यादवलाई जनकपुर अध्यक्षको सुझाव– सरकार छाड्न ढिलो भए जनता सोंच्न बाध्य हुन्छन्

टुडे खोज लेखक टुडे खोज
भदौ ९, २०७६, १:५१ AM
0
उपेन्द्र यादवलाई जनकपुर अध्यक्षको सुझाव– सरकार छाड्न ढिलो भए जनता सोंच्न बाध्य हुन्छन्

जनकपुरधाम, ९ भदौं । सरकारसँग दुई बुँदे सहमति गरेर झण्डै डेढ बर्षअघि सत्तामा पुगेको तत्कालिन संघीय समाजवादी फोरम नेपाल (अहिलेको समाजवादी) लाई व्याप्क आलोचना खेप्नुप¥यो । जनस्तरबाट समेत भएको आलोचनालाई अध्यक्ष उपेन्द्र यादवले आफ्नो बक्तब्यबाट चिरफार गरे । संविधान संशोधनकै लागि आफू सरकारमा गएको बताउने अध्यक्ष यादवले ३ असोज २०७५ मा संविधान दिवसका दिन पार्टीको प्रदेश २ समितिले संविधानबिरुद्वको कार्यक्रम तय गर्दा बिरोध कार्यक्रम गर्न दिएनन् ।

यद्यपी अहिले स्वयं सरकारले संविधान संशोधन गर्न नचाहेको बताउँदै सरकारबाट बाहिरिने प्रतिकृया दिइरहेका छन् उनले । पछिल्लो सयमा आफ्नो मन्तव्य राख्ने क्रममा अध्यक्ष यादवले चाँडै सरकारबाट बाहिरिने बताइरहेका छन् । उनले यसो बताइरहँदा मधेशका नेताहरुले ढिलो गर्न नहुने सुझाव दिएका छन् ।

‘समय घर्किदैं गएको छ । अब अध्यक्षजीलाई सोंच्ने बेला आइसकेको छ’ समाजवादी पार्टीका जनकपुर उप–महानगरपालिका अध्यक्ष बिसुनदेव साह भन्छन्, “यदी धेरै समय लम्बयाइयो भने जनता सोंच्न बाध्य भइहाल्छन । किनभने जनताको विश्वास घट्न शुरु भइसकेको छ ।”

बर्तमान कम्युनिष्ट नेतृत्वको सरकार संविधान संशोधन गर्ने पक्षमा नदेखिएको कार्यकर्ताले बुझ्न थालेको सुनाउँछन् साह । ‘संघीय सरकार छाड्न पार्टीको आन्तरिक दवाव पनि छ’ साहले भने, “जतिसुकै चाँडो सरकारबाहिर आएर सडक आन्दोलनलाई तताउनु जरुरी छ ।”

‘जति चाँडो सरकारबाट बाहिर आउँछ त्यत्ति नै राम्रो पार्टीका लागि हुन्छ । केन्द्रदेखि ग्रास रुटसम्मका कार्यकर्ताको इच्छा नै यही हो’ उनी भन्छन् । १४ जेठ २०७५ मा संविधान संशोधन गर्ने सम्झौता गर्दै तत्कालिन संघीय समाजवादी फोरम नेपाल स्वास्थ्य तथा शहरी विकास मन्त्रालय पाएर सरकारमा गएको थियो ।

पार्टीका जनकपुर अध्यक्ष साह त्यत्तिबेला संविधान संशोधनकै निम्ति सरकारमा जानु बाध्यता भको सुनाउँछन् । ‘कांग्रेस, एमालेका नेताहरुले यो संविधान ९२ प्रतिशत प्रतिनिधीद्वारा बनाइएको संसारकै उत्कृष्ट हो भनेका थिए । तर संविधवान संशोधन गर्ने सहमति गरेर अधुरो रहेको संसारलाई देखाइदियो’ साह भन्छन्, “यदी सरकारमा नगएको भए दुई तिहाई पुग्दैन्थ्यो । दुई तिहाई पुगाउन पनि पार्टी सरकारमा गएको हो ।”

‘दुई तिहाई नै छैन् कसरी संविधान संशोधन गर्न सक्छौं भनेर कम्युनिगष्टले भन्न सक्थ्यो’ उनी भन्छन्, “तर अब यो कुरा पनि भन्न पाउँदैन् । र, संसारले पनि नेपालको संविधान अधुरो छ भनेर बुझिसकेको छ ।”

साह मुलुकमा वैकल्पिक शक्तिको अत्यधिक खाँचो रहेको बताउँछन् । मुलुकमा दुई ठूला पार्टी कम्युनिष्ट र कांग्रेस भएपनि सोंच दुबैको एउटै ‘बाहुनवाद’ रहेको उनी बताउँछन् । २२ हजार जनतालाई मारेर आएको प्रचण्डले संविधान निर्माण ताका पनि बाहुनबादी सोंचलाई नै सहयोग गरेको बताउँदै मधेशको नाममा राजनीति गर्ने सबैलाई एकजुट हुनैपर्ने बताउँछन् ।

‘कांग्रेस, कम्युनिष्ट दुई छुट्टाछुट्टै पार्टी भएपनि सोंच एउटै बाहुनवाद छ’ उनी भन्छन्, “यसर्थ मधेशी, आदिवासी, जनजाती, मुश्लिमसहित सबैको सहभागितामा तेस्रो शक्ति बनाउनु अपरिहार्य छ ।”

अहिलेको समयमा एकीकरण जनताको माग र इच्छा समेत भएकाले एउटेै मुद्दा र विचारका लागि लडिरहने सबै शक्तिलाई एकै छानामुनी आउनु आवश्यक ठान्छन् उनी । उनी आफ्नो पार्टीको नयाँ शक्ति पार्टीसँगको एकीकरण पनि त्यहीं कारण भएको र चाँडै राष्ट्रिय जनता पार्टी (राजपा) सँग पनि हुन गइरहेको बताउँछन् । ‘सम्भवतः दशैंभन्दा अगाडि नै राजपासँग पनि एकीकरण हुन्छ’ उनले भने, “कसलाई कुन पद दिने र कहाँ राख्ने भन्ने भित्रको ढाँचा बनिसकेको छ ।”

मेयर तानाशाह बनेको आरोप

स्थानीय तहको निर्वाचनमा स्वयं साह पनि जनकपुरधाम उप–महानगरपालिकाका मेयरका प्रत्यासी थिए तत्कालिन संघीय समाजवादी फोरम नेपाल पार्टीबाट । यद्यपी उनी पराजित भए । र, ३६१२ मत ल्याए । आफू रकम खर्च गर्न नसक्दा पराजित हुनुपरेको सुनाए उनले । ‘मैले १० लाख पनि खर्च गरिनँ’ उनले भने करोडौं खर्च गर्नेले जिते ।”

जनकपुरधाममा मात्र नभई अधिकांस ठाउँमा खर्चिलो चुनाव भएको बताउँदै उनी यसै कारण स्वच्छ छबीका व्यक्ति कमै आएको बताउँछन् । ‘पैसाको चलखेल गर्नेहरु धेरै आएका छन्’ उनी भन्छन्, “त्यसैले जालझेल गरेर पनि स्थानीय जनप्रतिनिधीहरु पैसा कमाइरहेका छन् ।” आर्थिक लोभमा जनप्रतिनिधी पर्नेछन् भन्ने कुरा त्यत्तिबेला जनताले थाहा नै पाएनन्’ उनी भन्छन् ।

जनकपुरधाममै एडिबी प्रोजेक्टको रोड बन्नुबाहेक केहि काम हुन नसकेको बताउँछन् उनी । ‘नालाको समस्या जस्ताको त्यस्तै छ’ उनी भन्छन्, “बाढी आएको समयमा जनकपुर डुबान भएको कुरालाई सम्झँदा हुन्छ ।”

यसबाहेक यहाँका मेयरले आफ्ना नातागोतालाई नै टेण्डर, ठेक्का दिइरहेको आरोप उनको छ । ‘बिभिन्न नातागोताले चुनाव खर्च दिएका थिए’ त्यहीं भएर टेण्डर र ठेक्का उनीहरुलाई नै दिइरहेका छन्’ उनी भन्छन्, “यसरी त विकास हुँदैन् ।”

कमिसन लिए मात्रै योजना दिने कामका कारण जनकपुरधाम धेरै बदनाम भइसकेको बताउँदै उनी यसमा सुधार गर्नुपर्ने बताउँछन् । विगतमा सँगै आन्दोलन गरेको र निकट भविष्यमै एउटै पार्टी बन्न लाग्दा पनि मेयरले आफूसँगठ कुनै सरसल्लाह समेत नगर्ने गरेको गुनासो उनको छ ।

‘अहिलेसम्म कुनै बैठकमा आफूलाई बोलाएको छैन’ उनी भन्छन्, “मनमानी तरिकाले काम गरेर मेयरले तानाशाह प्रबृत्ति देखाइरहेका छन् । यसलाई हटाउनु जरुरी छ ।”


सम्बन्धित समाचार

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

हेर्नुहोस् २०८० सालमा परेका सार्वजनिक बिदा

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध