काठमाडौं, ९ भदौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन् ।
चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए ।
थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो फैसला सुनाएको हो । सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरूले नाम टिपाएका जिल्ला अदालतले जानकारी दिएको छ । – थाहा खबर