काठमाडौं, ९ भदौ । नेकपा प्रदेश २ को अध्यक्षबाट प्रभु साहले दिएको राजिनामा अस्वीकृत भएको छ । नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले साहको राजिनामा अस्वीकृत गरेको हो ।
साहले दिएको राजिनामा अस्वीकृत भएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए । उनले भने, ‘प्रभु जीले उठाएको विषयप्रति पार्टी गम्भिर रहेको छ,’ उनले भने, ‘त्यसैले राजीनामा स्वीकृत भएन । अब उहाँ पुनः काममा फर्किनुहुन्छ भन्ने विश्वास छ ।’
अध्यक्ष प्रचण्ड जनकपुर आएका बेला भदौं ३ मा साहले प्रदेश २ को अध्यक्षबाट राजिनामा दिएका थिए । प्रदेश कमिटीले गर्ने निर्णयको पार्टीले वेवास्ता गरिदै आएको र काम गर्ने वातावरण नरहेकोले राजीनामा दिएको उनले बताएका थिए ।
तर राजिनामा अस्वीकृत भएपछि उनले केहि प्रतिक्रिया जनाएका छैन । स्रोतका अनुसार उनी पुनः काममा फर्किने छन् ।