Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषाको मुखियापट्टीमा पुल बनाउन भारतीय अवरोध

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७६, २:२८ AM
0
धनुषाको मुखियापट्टीमा पुल बनाउन भारतीय अवरोध

जनकपुरधाम, १० भदौं । भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ। सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सानो सीमा स्तम्भ २८७/२१ देखि दक्षिण–पूर्व र मुख्य सीमा स्तम्भ २८८ देखि ४ सय ५० मिटर उतर–पूर्वमा जमुनि नदीको ४० मिटर लम्बाइको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले रोकेको हो । मुखियापट्टी मुसहरनियालाई भारतको व्यापारी केन्द्र साहरघाट जोड्ने पुल निर्माणमा एसएसबीले अवरोध गर्दा निर्माण अन्यौल परेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरको ८ करोड ४९ लाखको लागतमा पुल निर्माण गर्न टेण्डर आह्वान गरिएको थियो । टेण्डर रमण कमल जेभी कन्ट्रक्सनले पारेको थियो । भारतीय पक्षले चेक पोस्ट बनाउने विषयमा विवाद बढेपछि नापी विभाग काठमाडौंका प्रमुख नापी अधिकृतसहितको टोलीले विवादित क्षेत्रमा पुगेर अवलोकन गर्दा दशगजाभन्दा पूर्व र जमुनी पुलको दक्षिणपूर्वको २८४/३५ र दक्षिण पश्चिमतिरको रिफ्रेन्स पिलर एसपी ५१ बीचको २ सय ८५ नम्बर स्तम्भ हराएको पाएको थियो ।

प्रमुख नापी अधिकृत रमेश ज्ञवाली र नापी अधिकृत निर्मल कोइरालाको टोलीले धनुषाको जटही र भारतको पिपरौन जोड्ने दशगजा क्षेत्रकोे २ सय ८५ नम्बर स्तम्भ हराएको पाएको हो । प्रमुख नापी अधिकृत ज्ञवालीले सीमा स्तम्भको ‘पोजिस्निङ’ अध्ययनपछि मात्रै निर्माणाधीन क्षेत्र दशगजामा पर्ने/नपर्ने यकिन हुने बताए ।

पुल विवादमा भारतीय राजदूत मञ्जिभ सिंह पुरीसहितको भारतीय अधिकारी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलसहितको टोलीले निरीक्षण गरेपनि निष्कर्षमा पुग्न सकेको थिएन्। प्रजिअ कँडेलका अनुसार दिल्लीबाट नाप नक्सा टोली आएपछि मात्र यकिन विवरण खुले पश्चात मात्र निर्माणकार्य अघि बढाउने सहमति भएको बताए ।

सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षा निकायले नियमित संयुक्त गस्ती र अनुगमन गरेपनि यहाँको समस्या ज्युँका त्युँ छ । भारतीय पक्षले नेपाल तर्फबाट बन्ने पुल पुलेसा, सडक तथा कलभर्ट निर्माणमा अवरोध गर्दै आएका छन्। भारतीय पक्षको हस्तक्षेपले गर्दा धनुषाबाट भारत प्रवेश गर्ने नाका पुल बन्न सकेको छैन । – अन्नपूर्ण पोष्टबाट


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध