Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भिनाजुको हत्या गरी सालोले गरे विष खाएर आत्महत्याको प्रयास

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७६, ४:४० AM
0
भिनाजुको हत्या गरी सालोले गरे विष खाएर आत्महत्याको प्रयास

इटहरी, १० भदौं । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा सालोले भिनाजुको हत्या गरेका छन्। भिनाजुको मृत्युपछि सालाले समेत विष खाएर आत्महत्या प्रयास गरेका छन्। भोक्राहा नर्सिङ ५ का ४५ वर्षीय बहाव मियाँलाई सालो २५ वर्षीय नुरताज मियाँले घाँटीमा छुरी प्रहार गरेका थिए। गम्भीर घाइते बहावको उपचारका क्रममा आइतबार बेलुका ज्यान गएको छ।

भिनाजुलाई छुरा प्रहारपछि घर पुगेका सालो नुरताजले पनि विषादी खाएर आत्महत्या प्रयास गरेका थिए। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। गत भदौ ८ गते राति सँगै बसेर होटलमा रक्सी खाएका दुवै घर जान भनेर हिँडेका थिए। सँगै बसेर रक्सी खाइसकेपछि नहरै नहरको बाटो साइकलमा सँगै फर्किँदै गरेका उनीहरुबीच राति झगडा भएको थियो। नजिकैको धानखेत माडिएकोले कुस्ती नै परेको हुनसक्ने प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलका अनुसार झगडाका क्रममा नुरताजले बहावमाथि चक्‍कु प्रहार गरेका थिए । विष खाएपछि उपचारत् नुरताजको अवस्था सामान्य रहेको बताइएको छ। दुवैबीच लेनदेनको विषयमा झगडा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध