Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

ज्वरोका बिरामीको चाप

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७६, १०:१८ AM
0
ज्वरोका बिरामीको चाप

File:Photo

विराटनगर, १० भदौं । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालका डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो ।

अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । भाइरल ज्वरो आउँदा शरीर तातो हुने, धेरै ज्वरो आउने, टाउको र शरीर दुख्ने र वान्ता हुने लक्षण देखा पर्दछ । यसको लक्षण डेङ्गुसँग मिल्दोजुल्दो रहेको चिकित्सकको भनाइ रहेको छ । अस्पतालमा विगत दुई महीनाको अवधिमा दुई हजार ५०० भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा ज्ञवालीले जानकारी दिनुभयो । बिरामी भएर आउनेमा मोरङ, सुनसरीका शहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन् ।

भाइरल ज्वरोबाट बच्न मास्कको प्रयोग गर्ने, धेरै भीड भएको ठाउँमा नजाने, झोल खानेकुरा बढी खाने र सरसफाइमा ध्यान दिनुपर्ने डा ज्ञवालीले सल्लाह दिनुभएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएर उपचार भएको अस्पतालले जनाएको छ । अस्पतालमा डेङ्गु पहिचान गर्ने कीटको अभाव नरहेको डा ज्ञवालीले जानकारी दिनुभयो ।

डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर छोपिने कपडा लगाएर हिँड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाँडा, बोतलमा पानी जमाएर नराख्ने, सुत्केरी भएका महिलाले आफू र बच्चालाई यो सङ्क्रमणबाट बच्न झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन् ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नी दुख्नु, आँखाका गेडी दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको बुझ्नुपर्ने चिकित्सकको भनाइ छ । त्यस्तो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको रहेको छ ।

फाइल फोटो

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध