Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ : उपप्रधानमन्त्री उपेन्द्र यादव

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७६, ११:३५ AM
0
विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ : उपप्रधानमन्त्री उपेन्द्र यादव

पर्सा , १० भदौं। उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रदेश नं २ को विकास र समृद्धिका लागि तिन वटै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सबै पक्ष सहयोग, समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्दछ ।”

उपप्रधानमन्त्री यादवले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ५७ करोड रकम विनियोजन गरेको उल्लेख गर्दै कुनै पनि नेपाली नागरिक बिरामीबाट नमरुन भनेर सङ्घीय सरकारले प्रत्येक गाउँमा एक अस्पताल, प्रत्येक वडामा एक स्वास्थ्यचौकी, शहरमा सुविधा सम्पन्न अस्पताल तथा महानगरस्तरीय अस्पताल बनाउने सोचका साथ अगाडि बढीरहेको धारणा व्यक्त गर्नुभयो ।

अहिले मुलुकमा विभिन्न स्तरबाट सङ्घीयता र गणतन्त्रमाथि ग्रहण लगाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सङ्घीयतालाई सबल, सदृढ र संस्थागत विकासका लागि सबैको प्रयास आवश्यक रहेको बताउनुभयो ।

शहरी विकासमन्त्री महम्द इस्तिहाक राइनले वीरगञ्जको समग्र विकासका लागि सङ्घीय सरकार पर्याप्त मात्रामा बजेट विनियोजन गरिएकाले यसको इमान्दारीपूर्वक सदुपयोग गर्नुपर्नेमा जोड दिदैं पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाँच वटा ठूला तथा सुविधासम्पन्न अस्पताल बनाउने सोचका साथ सङ्घीय सरकार अगाडि बढेको छ भन्नुभयो ।

उहाँले संविधान संशोधनको मुद्दा लिएर समाजवादी पार्टी सरकारका सामिल भएकाले यसप्रति पार्टीले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानवीय विकास सूचकाङ्कमा प्रदेश नं २ कर्णाली प्रदेशभन्दा पनि पछाडि रहेको बताउँदै प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको छ भन्नुभयो ।

मुलुकमा रहेको तीन वटै तहका सरकारबीचको समन्वय र सहकार्यले नै वीरगञ्जको विकास हुने बताउँदै उहाँले आगामी तीन वर्षभित्र प्रदेश नं. २ सरकारले तीन हजार युवालाई रोजगार दिएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले जबसम्म विकासको रकम सहीरुपमा खर्च हुँदैनन्, तबसम्म देशमा सुशासन कायम हुन नसक्ने पनि उहाँले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद प्रदीप यादव र हरिनारायण यादवले वीरगञ्जको वृहत्तर विकासका लागि दृघकालीन गुरुयोजना बनाएर सोही अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पाँच बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको सो बस टर्मिनल नगर विकास समितिको ९० प्रतिशत ऋण सहयोगमा रु १५ करोड ७० लाख ८६ हजार ४४१ को लागतमा निर्माण भएको छ । सो बस टर्मिनलमा तल्लो तल्लामा लविङ रुम प्रतिक्षालय, टिकट काउन्टर, उपचार केन्द्र, फोटोकपी, खानेपानी, लगेज रुम, ब्युटिपार्लर रुम, रेष्टुराँ तथा कार्यालयसहित आधुनिक बसपार्क रहेको छ ।

सो बस टर्मिनलभित्र ५५ वटा सटर रहेको छ । सो बस टर्मिनलभित्र १२४ वटा बस, १७ वटा टाटा सुमो, ५० वटा मोटरसाइकल, २१ वटा टागां र ४० वटा रिक्सा पार्किङ गर्ने व्यवस्था रहेको बताइएको छ ।


सम्बन्धित समाचार

मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ

मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

प्रदेश १ को नाम ‘किरात- लिम्बुवान- मधेस- शेपालुङ’ राख्न जसपाको प्रस्ताव

मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

उपेन्द्र यादव भारत प्रस्थान

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध