Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बाख्रा पालनले फेरिएको जीवन

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७६, ४:३१ AM
0
बाख्रा पालनले फेरिएको जीवन

सुरुङ्गा, ११ भदौं । झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो ।

“जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”, उहाँले भन्नुभयो, “बाख्रापालन व्यवसाय शुरु गरेसँगै परिवार धान्न मात्र सहज भएको छैन छरछिमेकमा आपत पर्दा सहयोग गर्न पनि खाँचो हुँदैन ।” विगत सम्झँदै सरस्वतीले भन्नुभयो, “घर खर्च चलाउन मुस्किल भएको बेला बनिबुतो नगरी धेरै थिएन, म गाउँमा मजदुरी गर्थे भने श्रीमान् केशव पौडेल अरुको पसलमा काम गर्नुहुन्थ्यो, महीना दिन खाइनखाई ड्युटी ग¥यो, महीना मर्दा साहुले आधा महीनाको मात्रै तलब दिन्थे ।”

सहकारीबाट ऋण लिएको पैसामध्ये रु चार हजार ५०० का दुई बाख्राका पाठी किनेर बाख्रा पाल्न शुरु गर्नुभएकी सरस्वतीको अहिले खोरभरि बाख्रा छन् । बाख्रासँगै उहाँले गाई पनि पाल्नुभएको छ । “ऋण खान पाइन्छ भन्ने आसमा विसं २०७० असोजमा सहारा नेपाल सहकारी संस्थाको नमूना महिला कृषक समूहमा आबद्ध भएँ”, सरस्वतीले भन्नुभयो, “त्यो समूहको उपसमूहमा आबद्ध भएको दिन मेरा लागि साँच्चै खुशीको दिन थियो, किनकि सहकारीबाट ऋण लिएर मैले पनि केही गर्नु थियो ।”

सहकारीबाट रु तीन लाख आँट गरेर ऋण लिएको उहाँ सम्झिनुहुन्छ । उहाँँले भन्नुभयो, “बाख्रा राख्ने खोर बनाउन र मिस्त्रीको ज्याला मात्रै रु एक लाख लाग्यो, बचेको पैसाले आफू बस्ने घर र बाख्रालाई खानेकुराको बन्दोबस्त मिलाउन छुट्याएँ, जुन आँटका कारण म अहिले यो ठाउँमा छु ।” सरस्वतीले बाख्राका लागि सहकारीबाटै उन्नतजातको घासको बीउ पनि प्राप्त गर्नुभएको छ ।

सरस्वतीका घरमा पालिएका सबै बाख्राको बिमा पनि गरिएको छ । किनकि बिमा गरिएका सबै बाख्राको रेखदेखका लागि सहकारीले नै कर्मचारी राखेर निःशुल्क हेरचार गर्दै आएको छ । आफ्ना शेयर सदस्यको जीवनस्तर माथि उठाउन सहकारीले बिनाधितो ऋण र पशुपालक कृषकका लागि प्राविधिकसमेत निःशुल्क उपलब्ध गराएपछि अर्जुनधारा–९ की सरस्वती मात्र होइन, नगरपालिकाभित्र झण्डै २०० बढी महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका सहकारीका पशु प्राविधिक सिर्जना आचार्यले बताउनुभयो ।

“यो क्षेत्र पशुपालनका लागि उत्तम ठाउँ रहेछ, पहिचान गरेरै यस ठाउँमा बाख्रा र कुखुरापालनका लागि सहकारीले योजना अघि बढाएको हो” उहाँले भन्नुभयो, “अहिले यस क्षेत्रका अधिकांश महिला उद्यमी भएका छन्, हिजोसम्म अरुकहाँ मजदुरी गर्ने माहिला अहिले आफैँ उद्यमी बनेर घर चलाएका छन् ।” कोही विदेशबाट फर्किएर पशुपालन गरिरहेका छन् त कोही रोजगारीको अन्य विकल्प नभएर यो पेशामा आबद्ध छन् ।

पाँच वर्षभित्र बाख्रापालन व्यवसायबाटै रु एक करोड बढी आम्दानी लिने सोचका साथ सरस्वतीले अहिले स्थानीयसहित उन्नतजातका बाख्रापालन गरिरहनुभएको छ । सरस्वतीले अहिले समूहमा आबद्ध अरु महिलालाई पनि समूहमै बाख्रापालनसम्बन्धी तालीम प्रदान गर्दै आउनुभएको छ । वडा नं ९ मा अहिले उहाँकै अग्रसरतामा किसान पाठशालासमेत सञ्चालनमा छ ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध