Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुर मालपोतमा बदमासी : आधा जग्गा मात्र पास, न्यायका लागि भौतारिदै दलित महिला

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७६, ६:१५ AM
0
जनकपुर मालपोतमा बदमासी : आधा जग्गा मात्र पास, न्यायका लागि भौतारिदै दलित महिला

जनकपुरधाम, ११ भदौं । लेखनदासको मिलोमतोमा एक व्यक्तिले आधा जग्गा मात्र पास गरेपछि धनुषाकी एक दलित महिला अन्यायमा परेकी छन् । लक्ष्मीनिया गाउँपालिका ७ की सुनेना देवी खत्वेले बिन्दे राउतसँग २२ वर्ष अगाडी १ धुर जग्गा खरिद गरेकी थिइन् । जग्गा खरिद गर्नेबेलामा उनीसँग नागरिकता थिएन् । विश्वासका आधारमा जग्गा उनकै नाममा राखिन् ।

तर पछि सुनेनाको नागरिकता बन्यो । अनी उनले जग्गा पास गरिदिन पटक पटक बिन्ती गर्दा पनि आलटाल गरे । २२ वर्ष अगाडी साढे १७ सयमा किनेको उक्त १ धुर जग्गा अहिले लाखौं मुल्य बराबरको भएपछि राउतको लोभ लाग्यो । र उनले विभिन्न बहाना बनाएर लामो समयसम्म जग्गा पास गरिदिएनन् । त्यसपछि सुनेनाले गाउँका भरभलामीलाई गुहारेपछि राउत जग्गा पास गर्न राजी भए ।

जग्गा पास गर्न दुवै जना असारको दोस्रो साता भूमिसुधार तथा मालपोत कार्यालय जनकपुर पुगे । कागजात सवै तयार गरियो । तर बैंकबाट राउतले ऋण लिएका कारण उक्त जग्गा रोक्का भएको थियो । जसका कारण जग्गा पास भएन । त्यसपछि उनले ४/५ दिन लगाएर जग्गा फुकुवा गराए ।

पुनः गत असार २० गते उनीहरु भूमिसुधार तथा मालपोत कार्यालय पुगे । लेखनदास राजकिशोर लाल कर्णको सहयोगमा जग्गा पास भयो । तर अचम्म के भने सुनेना अनपढ भएका कारण आधा धुर (आठ कनमा) जग्गा मात्र पास गरियो । सुरुमा एक धुर पास गर्न लिखत तयार भएको थियो । त्यसमा लेखनदासले केरमेट गरी आधा धुर जग्गा मात्र पास गराए । लिखतमा एकको ठाउँमा जिरो बनाएर धुरको ठाउँमा ८ कनमा बनाएको प्रष्ट देखिन्छ ।

जग्गा पास भइसकेपछि मात्र लेखनदास कर्णले नै सुनेनालाई आधा धुर जग्गा मात्र पास भएको भनेपछि सुनेना मुर्छित भइन् । जग्गाधनी राउतसँग हारगुहार गरिन् । तर राउतले वास्ता नगरी कार्यालयबाट निस्केर घरतर्फ लागे । अहिले सुनेना आधा जग्गा मात्र पास भएपछि न्यायका लागि चारैतीर गुहार माग्दै हिडेकी छन् ।

लेखनदास कर्ण कहाँ पुगेर झुक्याएर किन आधा जग्गा मात्र पास गरेको भनेपछि उनले उल्टै धाकधम्की देखाएका छन् । लेखनदास कर्णले जग्गाधनीले भनेको आधारमा केरमेट गरी आधा धुर जग्गा मात्र पास गरिदिएको बताए । उनले भने, ‘सुरुमा एक धुर लेखेको थिएँ । तर जग्गा धनीले भनेअनुसार सच्याएर आधा धुर बनाएको छु ।’

आधा जग्गा माध पास भएकोमा मालपोतका कर्मचारीको लापरबाही समेत देखिन्छ । पास हुने बेलामा कतिमा किनेको र कति जग्गा किनेको सामानतया सोधपुछ गर्ने गरिन्छ । तर कर्मचारीले सुनेनालाई सोधेन । जसका कारण पनि आधा जग्गा मात्र पास भयो र सुनेना अन्यायमा परिन् ।

तर मालपोत अधिकृत बासु प्रसाद कोइरालाले कार्यालयको कुनै गल्ती नरहेको दावी गरेका छन् । उनले भने, ‘भिडभाडका बेला सोध्न भ्याएन होला ।’ उनले अब कार्यालय केहि गर्न नसक्ने र पीडितले जालसाजी मुद्दा अदालतमा हालेपछि मात्र न्याय पाउने बताएका छन् ।

लेखनदासद्वारा ठगी

जग्गा पासमा लापरबाही गर्ने लेखनदासले रकम समेत ठगेका छन् । जग्गा पास गराइदिने बहानामा लेखनदास कर्णले ति महिलासँग ६ हजार ७ सय रुपैया लिएका हुन् । तर उनले सुरुमा कागज लेखेबापत उचित रकम लिएको मात्र बताए ।

पछि पीडित महिलाले ६ हजार ७ सय रुपैया लिएको बताइन् । अनी उनले आफु २५ सय मात्र लिएको बताउन थाले । उनले भने, ‘उनले (पीडित महिला) जे भन्छिन् त्यही सही हुन्छ ? म त्यति रुपैया लिएको छैन ।’

मालपोतमा बस्ने लेखनदासहरु आफूखुसी रकम सेवाग्राहीहरुसँग असुल्ने गरेको छ । यस विषयमा पटक पटक सेवाग्राहीले गुनासो गर्दै आएपनि सम्बन्धित निकाय मौन देखिन्छन् । केहिदिन अगाडी प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कार्यालय अनुगमन गर्दा केहि लेखनदास (दलाल) पक्राउ समेत परेका थिए । तरपनि लेखनदासहरु सुध्रेका छैन ।

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध