Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

महोत्तरीमा भाइरल ज्वरोका बिरामी बढे

टुडे खोज लेखक टुडे खोज
भदौ १२, २०७६, ५:५७ AM
0
ज्वरोका बिरामीको चाप

File:Photo

महोत्तरी, १२ भदौं । मौसम परिवर्तनसँगै महोत्तरीमा भाइरल ज्वरोको बिरामी बढेका छन् । भाइरलबाट जिल्लाका १५ वटै स्थानीय तह प्रभावित भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

अस्पताल, प्राथमिक स्वास्थ केन्द्र, स्वास्थ चौकी, निजी क्लिनिकमा ज्वरोका बिरामी उपचार गराउन भरिभराउ छन् ।

घाँटी खसखस गर्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, मांसपेशीमा पीडा हुने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, सयदेखि १०३ डिग्रिसम्म ज्वरो आउनेजस्ता लक्षणले बच्चादेखि वृद्धासम्म प्रभावित छन् । स्वास्थकर्मीकाअनुसार यस्ता लक्षण लिएर आउने बिरामीको चापले अस्पतालको बहिरंग कक्ष भरिभराउ छ ।

भाइरल ज्वरोका दैनिक २ सयभन्दा बढी बिरामी स्वास्थ संस्थामा आउने गरेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ । भाइरल ज्वरोको प्रकोप शिक्षणसंस्था पनि देखिएको छ । ज्वरोले विद्यार्थीको उपस्थिति पातलिँदै गएको स्थानीय विद्यालयका प्रध्यानाध्यापकले जनाएका छन् । यो सर्ने भएकाले रोग लक्ष्ण देखिएका विद्यार्थीलाई घर फर्काउने गरिएको शिक्षकले जनाए ।

घरघरै बिरामी बढन थालेपछि विद्यालयमा नाम मात्रका विद्यार्थी उपस्थित हुने गरेको उनीहरूले जनाए । जिल्लाको मजदुरबस्तीमा समेत प्रकोप बढेकाले धान गोडने र हिउँदे तरकारी लगाउने बेला मजदुर अभाव भएको कृषकले जनाएका छन् ।

कैदीमा पनि भाइरल
भाइरल प्रकोपले ५० प्रतिशत कैदी प्रभावित भएको जलेश्वर कारागारले जनाएको छ । जेलर कन्हैया मिश्रकाअनुसार १ सय ३० कैदी क्षमता रहेको जलेश्वर कारागारमा पुरुष ४ सय ५६, महिला ४५ र आश्रित ४ गरी ५ सय ५ जना कैदी छन् । तीमध्ये आधाबढी रुघाखोकी र ज्वरोले ग्रस्त छन् ।

स्थान अभावले कोचिएर बस्नु पर्दा भाइरल संक्रमणबाट पीडित कैदीको संख्या बढदै गएको हो । औषधिको अभाव उपचारमा समस्या बनेको उनले जनाए । ‘तत्कालै सघन उपचारको व्यवस्था नमिलाए सबै कैदी बिरामी पर्ने सम्भावना बढेको छ,’ जेलर मिश्रले भने, ‘बन्दीगृहमा स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला स्वास्थ कार्यालय र नगरपालिकासँग समन्वय गर्दैछु ।’कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध