Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

टुडे खोज लेखक टुडे खोज
भदौ १२, २०७६, ६:१३ AM
0
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १२ भदौं । नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आज बोलाइएको हो ।

यद्यपि बुधबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । बैठकमा पार्टीको दोस्रो चरणको जागरण अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनलगायत विषयमा छलफल भएको थियो । काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको थियो ।

यसैगरी दोस्रो चरणको जागरण अभियान यही भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले दोस्रो चरणको जागरण अभियानअघि नै नेपालको संविधान र काङ्ग्रेसको संशोधित विधानबमोजिम सम्पूर्ण संरचना निर्माण तथा नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिइसक्ने जनाएको थियो । गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये हालसम्म अधिकांश विषयमा बैठकले निर्णय गरिसकेको र अब बाँकी विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।

कार्यसूचीमा निर्णय हुन बाँकी रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा आजको बैठकमा छलफल हुनेछ ।


सम्बन्धित समाचार

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

प्रदेश १ को नाम ‘किरात- लिम्बुवान- मधेस- शेपालुङ’ राख्न जसपाको प्रस्ताव

मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

उपेन्द्र यादव भारत प्रस्थान

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, को कहाँ ? सूचीसहित

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध