सिरहा, १२ भदौं । प्रदेश २ का उधोग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो क्षेत्रका लागि एम्बुलेन्स खरिद गरेका छन् ।
सिरहाको कल्याणपुर घर भएका राज्यमन्त्री मण्डल नेपाल रेडक्रस सोसाइटी मार्फत आफ्नो संसदीय विकास कोषको रकमबाट एम्बुलेन्स खरिद गरेका हुन् । एम्बुलेन्स रेडक्रसकै मातहतमा राखेर संचालन गरिने बताइएको छ ।
सिराहा क्षेत्र नम्बर ४ (ख)बाट साँसदमा निर्वाचित राज्यमन्त्री मण्डल जनताका लागि एम्बुलेन्स खरिद गरेपछि स्थानीय खुःशी भएका छन् । केहिदिन अगाडी उनले आफ्नो क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत ठाउँठाउँमा सोलार जडान गरेर चर्चा पाएका थिए ।