Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

कार्यकर्ता पाल्दै प्रदेश २ को कृषि मन्त्रालय, मन्त्री साहको मनपरी

टुडे खोज लेखक टुडे खोज
भदौ १२, २०७६, ११:५८ AM
0
कार्यकर्ता पाल्दै प्रदेश २ को कृषि मन्त्रालय, मन्त्री साहको मनपरी

जनकपुरधाम, १२ भदौं । पछिल्लो समय भ्रष्टाचारमा प्रदेश २ सरकार लिप्त रहेको विभिन्न आराप लागि समय प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अनुदानमा बाँडेको अधिकांश कृषि उपकरण पार्टीका कार्यकर्तालाई वितरण गरेको देखिएको छ ।

प्रदेश २ मा रहेका कुल जनसंख्याको ६९ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ । प्रदेश २ कृषिको लागि एकदमै उपयुक्त भएपनि यहाँ सिँचाईको अभावमा किसानहरु राम्रो खेती गर्न नपाइरहेको समय कृषि मन्त्रालयले सिँचाइका लागि किसानलाई वितरण गरेको अधिकांश सोलार पम्प सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्तालाई वितरण गरेको पाईएको छ ।

तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका ८ वटै जिल्लामा रहेका किसानलाई २ सय ३२ वटा सोलार पम्प वितरण गरेको छ । तर मन्त्रालयले सोलार पम्प वितरण गरेपनि त्यसमा सोलार पम्प पाउने अधिकांश व्यक्ति समाजवादी पार्टी र केही राजपाका कार्यकर्ता रहेको पाईएको छ ।

मन्त्रालयले बाँडेको सोलार पम्प कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीकै गृहजिल्ला सप्तरीमा वितरण गरिएको छ । सप्तरीमा सबैभन्दा बढि ४८ वटा पम्प वितरण गरिएको छ भने महोत्तरीमा सबैभन्दा कम ११ वटा मात्र वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनुषा ४५, सर्लाही ४४, सिरहामा २६, बारा २३, पर्सा २१ र रौतहट १४ वटा पम्प वितरण गरिएको छ । १ लाख १ हजार रुपैयाँ पर्ने एउटा सोलार पम्पमा ८५ प्रतिशत रकम सरकारले अनुदान दिएको छ भने १५ प्रतिशत किसानले स्वयम् तिरेका छन् ।

सामान्य जनतालाई दिनु पर्ने अनुदान मन्त्रालयले आफ्नो कार्यकर्तालाई पाल्नमा खर्च गरिरहेको विपक्षीहरु आरोप लगाएका छन् । सोलार पम्प पाउनेमा सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालबाट निर्वाचित वडाध्यक्ष, वडासदस्य र समान्य कार्यकर्ता रहेको छ ।

प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको विपक्षिहरुले विभिन्न ठाउँमा बोल्दै आएका छन् भने केहि दिन पहिला मात्रै सार्वजनिक मञ्चबाट नै नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत प्रदेश २ भ्रष्टाचारीमा लिप्त भएको आरोप लगाएका थिए ।

यता विभिन्न प्रक्रिया पूरा गरी पारदर्शी हिसाबले मात्र किसानहरुलाई सोलार पम्प वितरण गरिएको कृषिमन्त्री शैलेन्द्र साहले दाबी गरे । उनले भने, ‘पत्रिकामा सूचना निकालेर सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र पम्प वितरण गरिएको छ ।’

मधेश आन्दोलनको जगमा बनेको प्रदेश सरकारले जनतालाई पाल्नुको साटो आफ्नो कार्यकर्ता तथा आसेपासेलाई पाल्न थालेपछि सर्वसाधारणमा यसको नाकारात्मक प्रभाव पर्ने निश्चित रहेको छ । – राजा झा/देश संचार


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध