काठमाडौं, १२ भदौं । सरकारले २४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका प्रजिको सरुवा गरेको हो ।
गृहको निर्णयानुसार काठमाडौंमा झापाबाट जनकराज दाहाल आएका छन् । रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर पुगेका छन् । जोशीको ठाउँमा धादिङका भगिरथ पाण्डेलाई ल्याइएको छ ।
सरकारले मोरङमा मदन भुजेललाई प्रजिअ बनाएको छ। रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल र झापामा उदयबहादुर राणा पुगेका छन् । इलाममा सीताराम कार्कीको सरुवा भएको छ । धादिङमा आशमान तामाङ प्रजिअ बनेका छन् । सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का र कास्कीमा रमेश केसी प्रजिअ भएका छन् ।
मुस्ताङमा बेदप्रसाद अर्याल र जाजरकोटमा जनकराज पन्त प्रजिअमा सरुवा भएका छन् । सरकारले रुकुम पूर्वमा मोहनप्रसाद अर्याललाई पठाएको छ । बझाङमा उमेश पाण्डे सरुवा पुगेका छन् । डा. कृष्णबहादुर घिमिरे धनकुटाका प्रजिअ भएका छन् । सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिना काभ्रेमा कायममुकायम प्रजिअ भएका छन् ।
यसैगरी, दीर्घनारायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुख बनेका छन् । उपसचिव सुरेन्द्र पौडेल नख्खु कारागार प्रशासन प्रमुख बनेर गएका छन् ।