Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मानवीय गतिविधिका कारण चुरेमा दुष्परिणाम

टुडे खोज लेखक टुडे खोज
भदौ १२, २०७६, ४:०९ PM
0
मानवीय गतिविधिका कारण चुरेमा दुष्परिणाम

जनकपुरधाम, १२ भदौं । चुरे क्षेत्रमा मानवीय गतिविधिको दुष्परिणामका कारण तराई–मधेशमा मरुभूमिकरण बढ्दै गएको धारणा व्यक्त गरिएको छ ।

सामुदायिक सूचना नेटवर्क (सिआइएन)द्वारा आज यहाँ आयोजित तराई–मधेशको सभ्यता, चुरे संरक्षण र संसदीय भूमिका विषयक अन्तरक्रियाका वक्ताले चुरे क्षेत्रमा बस्ती, सडक, फँडानी, उत्खननले सङ्कट उत्कर्षमा पुगेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । चुरे क्षेत्रको प्राकृतिक स्रोतमाथि माफियाको चलखेल अधिक रहेको चर्चा गर्दै उहाँहरूले माफियाको संरक्षण सरकारी निकायबाटै भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

चुरेको क्षेत्र मेचीदेखि महाकालीसम्म भएकाले यसको संरक्षणका लागि मेगा परियोजनाको आवश्यकता रहेको उहाँहरूले बताउनुभयो । प्रदेश नं २ सरकारले चुरे संरक्षणबारे अपेक्षाअनुरुप ध्यान नदिएको प्रसङ्ग उल्लेख गर्दै उहाँहरूले चुरे संरक्षणसम्बन्धी ऐन, कानून बनाउँदा सरोकारवालासँग परामर्श गर्नु आवश्यक रहेको छ भन्नुभयो ।

विगतमा चुरे शृङ्खलामा रहेका खोच बासका भ¥याङले ढाकिएका र भूसतहलाई साना बिरुवा वा पुनरोत्पादनले ढाक्नेलगायतले वन्य सतह अत्यन्त घना भई बाढीको गतिलाई कम गर्ने र पानीलाई सोस्ने गरेको चर्चा गर्दै उहाँहरूले वर्तमान दोहन कार्य अधिक भएकाले प्राकृतिक विपद आई बाढी, डुबान, कटान, पानीको अभाव, खेतमा बालुवालगायतका समस्या विकराल भएको बताउनुभयो ।

प्रदेश नं २ को प्राकृतिक स्रोत साधन तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डलले चुरे संरक्षणको कार्य वस्तुवादी ढङ्ग गर्नुपर्ने बताउँदै प्रदेश सरकारले वन र वातावरणसम्बन्धी विधेयक प्रदेशसभामा टेबल गरेको जानकारी गराउनुभयो । आफूले प्रदेश नं २ का चुरे क्षेत्रका वन, खोलानालाको निरीक्षण गर्दा फँडानी, बस्ती विस्तारका साथै बालुवा, गिट्टीको उत्खनन प्रचुर मात्रामा भइरहेको पाएको बताउँदै उहाँले प्रदेश सरकार चुरे क्षेत्रको समस्याप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले चुरे क्षेत्रको दोहनका कारण प्राकृतिक र मानवीय समस्या भयावह भएको छ भन्नुभयो । अर्का प्रदेशसभा सदस्य परमेश्वर साहले सहकार्य, समन्वय र अस्तित्व बोध गर्दै सबै निकाय चुरे क्षेत्रको समस्या समाधानप्रति अग्रसर हुनु जरुरी भएको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य बाबुलाल साह र बबिता चौधरी चुरे क्षेत्रमा सडक निर्माण, बसोबास, माफियाको बिगबिगीप्रति गम्भीर हुनु आवश्यक भएको बताउँदै नदी वन वृद्धिमूलक अभियान सञ्चालनमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध