Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

टुडे खोज लेखक टुडे खोज
भदौ १३, २०७६, ५:५७ AM
0
महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर, १३ भदौं । कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएका स्थानीय वृजकिशोर यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि प्राण त्याग गरेको किम्वदन्ती रहेको छ । विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढा टाढाका दर्शनार्थीको घुइँचो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिनजस्तै बुबाको मुख हेर्ने वा आमाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेका स्थानीय हेमशङ्कर यादवले बताउनुभयो ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेका स्थानीय सोनफी यादवले बताउनुभयो । बुबा, आमा नभएकाले यस स्थानमा आफ्ना बुबाआमाको सम्झना गर्दै बाबु तथा आमाको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध रामचन्द्र यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएका बेला राजा दशरथको शब्दभेदी वाण लागी मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएका बेला छोरा मरेको सुनेर अन्धाअन्धीले यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो । तर सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । उनीहरुले धार्मिक एवं ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध