काठमाडौं, १३ भदौै । सत्तारुढ दल समाजवादी पार्टीले प्रदेश इन्चार्जको टुंगो लगाएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकीकरण पश्चात प्रदेश इन्चार्ज तोकिएको हो ।
समाजवादी पार्टीको बालकुमारी स्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले प्रदेशको ईन्चार्ज चयन गरेको छ । समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीका अनुसार प्रदेश १ र २ बाहेक पाँच वटै प्रदेशको ईन्चार्ज टुंगो लागेको बताए ।
प्रदेश २ को ईन्चार्जमा कृष्ण ध्वजू, गण्डकी प्रदेशको ईन्चार्जमा गणेशमान गुरुङ, प्रदेश ५ को ईन्चार्जमा दानबहादुर चौधरी, प्रदेश ६ को ईन्चार्जमा राजन केसी र सुदूरपश्चिम प्रदेशको ईन्चार्जमा होरीलाल चौधरी चयन भएको अधिकारीले बताए ।
प्रदेश १ मा संगठन एकीकरणको कार्य जारी रहेकाले त्यहाँ पछि ईन्चार्ज तोकिने छ । प्रदेश २ हाललाई केन्द्रले नै हेर्ने र पछि ईन्चार्ज तोकिने बताईएको छ । यसैगरी सहईन्चार्ज, बिभिन्न बिभागको एकीकरण सहित जिम्मेवारी बाँडफाँड समेत भएको छ ।
बैठकमा अगामी उपनिर्वाचनमा सहभागि हुने निर्णय भएको छ । त्यसको तयारीका लागि स्थानीय कमिटीलाई जुटन बैठकले निर्देशन दिएको छ । संगठन निर्माणका लागि अभियान शुरु गर्ने निर्णय बैठकले गरेको छ । अभियानका क्रममा संगठन बिस्तारको समेत काम हुने बताईएको छ ।