काठमाडौं, १४ भदौं । गृह मन्त्रालयले ५० जना प्रहरी उपरीक्षक (SP)को सरुवा गरेको छ । गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको एकल निर्णयमा ५० एसपीको सरुवा गरिएको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट एसपी अच्युत प्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् ।
यस्तै प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।