लहानमा डम्पिङ्ग विवाद : स्थानीय र प्रहरीबीच झडप


सिरहा, १४ भदौं । लहान नगरपालिकामा फोहरको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ। लहान-४का स्थानीयले आफ्नो वडामा फोहोर फाल्न रोकेपछि शनिबार स्थानीय र प्रहरीबीच झडप भएको हो।

उक्त वडामा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रलाई फोहर भण्डारको रुपमा प्रयोग गर्न थालेपछि स्थानीयले यहाँ फोहर फाल्न रोक लगाएका थिए।

तर, शुक्रबार लहानका मेयर, कर्मचारी, नगर प्रहरी, जनप्रतिनिधि र प्रहरी प्रशासनको दलबलसहित फोहोर फाल्न त्यहाँ पुगेपछि स्थानीय आक्रशित भएका थिए। वडावासीले शनिबार मेयर मुन्नी साहविरुद्ध प्रदर्शन गरेका छन्। उक्त डम्पिङ्ग साईड रोक्न स्थानीय महिला,पुरुषहरु विरोधमा उत्तरेका छन् ।

प्रकाशित : २०७६ भाद्र १४, शनिबार १२:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ