सुन तोलामा ४ सय र चाँदी तोलामा ५ सयले घट्यो


काठमाडौंं, १५ भदौं । सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ७२ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मूल्य केहि दिनदेखि दैनिक रुपमा घटबढ भइरहेको छ ।

आज चाँदी पनि ५ रुपैयाँले सस्तो भएको छ । आइतबार चाँदी तोलाको ८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र १५, आईतवार ०७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ