Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

गढीमाई मेलामा चढाइने राँगाको सिनो चमार समुदायले नफाल्ने

टुडे खोज लेखक टुडे खोज
भदौ १५, २०७६, ८:५४ AM
0
गढीमाई मेलामा चढाइने राँगाको सिनो चमार समुदायले नफाल्ने

कलैया, १५ भदौं । नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरु बीच बलीका लागि प्रसिद्ध बारा जिल्लाको बरियारपुरमा मंसिरमा लाग्ने प्रसिद्ध गढीमाइ मेलामा चढाइने राँगाको सिनो चमार समुदायले नफाल्ने अभियानलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

एक दशकदेखि गढीमाई मेलामा चमार समुदायले सिनो फाल्न छाडेका छन् । तर त्यो पूर्ण रुपमा प्रभावकारी हुन सकेको छैन् । हरेक ५ वर्षमा मंसिर महिनामा लाग्ने गढिमाई मेलामा नेपाल र भारतका हजारौ श्रद्धालुहरुले राँगाको बलि दिने गर्छन् । संसारमै सर्वाधिक बलि प्रदान हुने गढिमाई मेलामा भारतको सर्वोच्च अदालतले भारतबाट बलि प्रदानका लागि लगिने राँगा, खसीबोकाहरुमा रोक लगाउने आदेश दिएको छ । तरपनि बलि प्रदान हुँदै आएको छ ।

राँगाको बलि बढने क्रमसँगै मेला आयोजकहरुले मासु ठेक्का लगाउन थालेकोछ । एक दिन मात्र हुने बलिप्रदानको क्रममा काटिएका राँगाहरु ठेकदारले मासुका लागि लग्ने गरेका छन् । ठेकदारले मासु लगेपछि बाँकी रहेका राँगाहरुको सिनो चमारजातीले बहिष्कार गरेका छन् । यद्यपी पछिल्लो मेलामा पनि चमार जातीका केहि मानिसहरुले सिनो लिएका थिए ।

शनिवार सो जातिको चैनपुरमा भएको भेलाले सिनो नखाने र त्यसका लागि अभियान चलाउन समिति गठन गरेकोछ । दशरथ रामको अध्यक्षतामा सिनो बहिष्कार अभियान समिति गठन गरिएको र सो समितिले अहिलेदेखि नै बारा, पर्सा जिल्लामा वहिष्कारको अभियान सञ्चालन गर्ने बताए ।

समितिका सचिव राजनारायण रामले सिनो वहिष्कारको अभियान चलाउन अहिले समय रहेकाले यस पटक प्रभावकारी हुने बताए । ‘गढिमाई मेलामा दिइने राँगा बलिको सिनो खाँदा समाजमा हेय दृष्टिले देखिन्छ’ सचिव रामले भने, सिनो खाँदा रोग लाग्ने संभावना रहेको हुन्छ ।

बारा र पर्सा जिल्लाका विभिन्न गाउँ टोलहरुको चमारवस्तीमा पुगेर सिनो बहिष्कार गर्न आग्रह गर्ने अध्यक्ष रामले जनाए । २०६६ सालमा मेला समितिले सिनो ठेक्का लगाएदेखि नै सिनो वहिष्कारको क्रम सुरु भएको हो ।


सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध