सिरहा, १५ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत आईतबार मिर्चैयामा छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सिरहा जिल्ला मिर्चैया नगरपालिकाको विभिन्न २ वटा विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको हो । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा मिर्चैया नगरपालिका स्थित २ वटा माध्यमिक स्तरका विद्यालयमा १ सय ९० वटा साईकल वितरण गरेको छ ।
वितरण गर्ने क्रममा सिरहा मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक(प्रा.आ) विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो ।साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै गत आर्थिक वर्ष २०७५/२०७६ मा १४ हजार साईकल वितरण गरेका छन् । उनले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताए ।
मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए । कार्यक्रममा समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साहले भने मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए । उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे । समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साहले प्रदेशलाई विकसित गर्न सबैले महिला शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रम मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह थिए ।