वीरगञ्ज, १६ भदौं । डेंगुका तीन जना बिरामी पर्सामा फेला परेका छन् । तीनजना बिरामी उपचारका लागि नारायणी अस्पताल पुगेपछि डेंगु संक्रमित रहेका पुष्टि भएको हो ।
अस्पतालका फिजिसियन डाक्टर उदय नारायण सिँहले फेला परेका तीनै जनाको उपचार भइरहेको जानकारी दिए । निजी अस्पतालमा डेंगुका थप बिरामी पनि हुन सक्ने उनको भनाई छ ।