Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश-२ : नामकरण र स्थायी राजधानी तोक्ने झमेला

टुडे खोज लेखक टुडे खोज
भदौ १७, २०७६, ३:३१ AM
0
प्रदेश-२ : नामकरण र स्थायी राजधानी तोक्ने झमेला

जनकपुरधाम, १७ भदौं । प्रदेश नं २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । सो विषयमा प्रदेशसभा सचिवालयमा भदौ ५ गते दर्ता गरिएको राजनैतिक दल र दलको प्रस्तावमा असहमति राख्ने सदस्यले फरकफरक प्रस्ताव दर्ता गराए पछि यसबारे अन्योलता बढ्दै गएको हो ।

प्रावधानअनुसार प्रदेशको नामकरण र राजधानीको टुङ्गो लगाउन दुई तिहाई मत चाहिन्छ । फरक फरक प्रस्ताव दर्ताले दुई तिहाई मतको सम्भावना नदेखिएका कारण यो विषय अनिश्चित हुँदै गएको छ । प्रदेशसभा सचिवालयमा राजनैतिक दल र प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि चार तथा राजधानीका लागि पाँच प्रस्ताव दर्ता गराएका छन् । सोमध्ये सत्तासीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएकोप्रति सोही दलसँग आबद्ध सात प्रदेशसभा सदस्यले राजधानी तोक्ने विषयमा फरक प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशको नामकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जानकी’ नाम प्रस्ताव दर्ता गराएको छ । सो दलका कतिपय प्रदेशसभा सदस्य मिथिला–भोजपुरा–मधेश प्रदेशको वकालत गरिरहेको अवस्थामा जानकी नामको प्र्रस्तावमा ऐक्यबद्धताको आशा झिनो भएको पाइएको छ । सो दलका प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डल प्रदेशमा विकसित जनभावनाको कदर गर्दै राजनीतिक अवस्था, भौगोलिकता र संस्कृतिलाई ध्यानमा राख्दै जानकी नाम दर्ता गराएको बताउँछन्। सोही दलका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकी नामले अन्योलता बढ्ने सम्भावना रहेको बताए ।

नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामको प्रस्ताव अघि सारेको छ । प्रारम्भमा सो दलका कतिपय सदस्य मिथिलाको पक्षमा क्रियाशील देखिए पनि अन्ततः मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएको स्थितिमा सोही दलका चार प्रदेशसभा सदस्यले सोप्रति विमति राख्दै मध्य मधेशको नाम प्रस्तावित गरेका छन् । कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहा छलफल र संवादमार्फत प्रदेशको नामको टुङ्गो लाग्ने बताउँछन् ।

यस्तै सत्तासीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालद्वारा संयुक्त रूपमा मधेश प्रदेशको नाम दर्ता गराइएको छ । राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साह मधेश आन्दोलनको माग र मधेशी जनताको भावना अनुरूप मधेश प्रदेश नामलाई अघि सारिएको बताउनुहन्छ । प्रदेश राजधानीका विषयमा अधिकांश दलले जनकपुरको नाम अघिसारे पनि क्षेत्रका बारेमा भने एकमत छैनन् ।

कतिपय प्रदेशसभा सदस्य वीरगञ्जको नाम दर्ता गराइ सो नामप्रति छलफलमा व्यस्त छन् । सत्तासीन दलले राजधानी जनकपुरको नामको प्रस्तावमा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुने गरी पूर्वमा कमला नदीसम्म र दक्षिणमा भारतको सीमासम्म क्षेत्रफल तोकेको पाइन्छ ।

सत्तासीन दलकै सात प्रदेशसभा सदस्यले संयुक्त प्रस्तावको विपक्षमा राजधानी वीरगञ्जसहित विन्धवासिनी, पोखरिया, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढको क्षेत्रफलको प्रस्ताव अघि सारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानी जनकपुर, परिक्रमा मार्गसहित पूरै धनुषाको प्रस्तावमा छलफल गरिरहेको छ भने कांग्रेसले राजधानी जनकपुरधाम र क्षेत्रफलमा जनकपुरधाम उपमहानगरपालिका प्रस्तावमा बहस गरिरहेको छ । सोही दलका चार सदस्य सोप्रति विमति राख्दै राजधानीका लागि वीरगञ्जको नाममा मत जुटाउन लागि परेका छन् ।

मुख्य रूपले प्रदेशको नामका लागि मधेश, जानकी र मिथिला नाममा मत जुटाउन दलहरू संवाद गरिरहेका छन् । प्रदेशसभामा सत्तासीन दल समाजवादी पार्टी नेपालका ३० तथा राष्ट्रिय जनता पार्टी नेपालका २५, नेकपाका ३२ र कांग्रेसका १९ जना सदस्य रहेका छन् । वर्तमान अवस्थामा सङ्ख्याका दृष्टिले कुनै पनि दलको प्रस्तावले दुई तिहाई मत प्राप्त गर्ने आधार न्यून देखिएकाले यसको टुङ्गो लाग्ने विषय अनिश्चित देखिएको राजनैतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध