बारा, १७ भदौं । आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमबार साँझ पक्राउ गरेको हो । लामो समयदेखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरी दिने भन्दै लामाले रकम लिएको अख्तियारको टोलीले बताएको छ ।
अख्तियारका अनुसार लामाले कार्यालय समय सकिएपछि साँझ घुस रकम लिएका थिए । सिमराको एक होटेलमा खाजा खान बसेको समयमा अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको छ ।