जनकपुरधाम, १७ भदौं । प्राचिन मिथिलाको इतिहास तथा रामायणसँग जोडिएको दुधमतिको संरक्षणका लागि प्रदेश सरकारले चाडै कदम चाल्ने भएको छ ।
दुधमतिको उद्गम स्थलको अवलोकन तथा निरीक्षण गरेका प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले अतिक्रममा परेको क्षेत्रलाई खाली गराउनका लागि पहल गर्ने बताए ।
संरचना नेपालले दुधमतिको जिर्णोद्धारका लागि पुनः स्मरण पत्र सहितको ज्ञापनपत्र बुझाएपछि मुख्यमन्त्री राउतले आफै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा डिआईजीलाई नक्साको ब्लु प्रीन्टसहित नापी र मालपोतलाई लाग्ने विश्वास दिलाएका छन् ।
माता जानकीलाई कामधेनु गाईले दुध पिलाउनका लागि लागि नै दुधमतिको प्रादुर्भाव गराएको मिथिला महात्म्यमा उल्लेख रहेको छ । कुनै बेलासम्म निक्कै सफा पानी रहेको दुधमतिको मुहान नै अतिक्रमण गरेपछि पानी नै आउन बन्द भएको छ ।
महेन्द्रनगरदेखि सिनुरजोडासम्म अतिक्रमणमा परेका छन् । मालपोत ऐनमा नदी तथा पोखरीको डिल तथा जलासय भागको कसैले लालपूर्जा बनाएको खण्डमा बदर गर्ने प्राबधान रहेको छ ।
कसैले दुधमतिको भागलाई अतिक्रमण गरेको छ भने बदर गर्ने तथा खाली गराउने अधिकार प्रदेश सरकासँग रहेको छ । दुधमतिमा पानी बग्दा खेरी धनुषा तथा महोत्तरीका किसानले यसको पानी सिँचाइमा पनि प्रयोग गर्ने गरेका थिए ।
देशसंचार