इलाम, १७ भदौं । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ ।
मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे छिन् । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चारआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।