Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

ग्यास सिलिन्डरभित्र भेटियो लागूऔषध, १ सय ४० बोतलसहित एक पक्राउ

टुडे खोज लेखक टुडे खोज
भदौ १७, २०७६, १:०६ PM
0
ग्यास सिलिन्डरभित्र भेटियो लागूऔषध, १ सय ४० बोतलसहित एक पक्राउ

सप्तरी, १७ भदौं । तस्करहरुले ग्यासको सिलिन्डरमा लागूऔषध भारतबाट नेपाल भित्र्याउने गरेको पाइएको छ । सिलिन्डरको पिँध काटेर त्यसमा ताल्चा लगाईभित्र लागूऔषध राखेर भारतबाट नेपाल भित्र्याउने गरेको पाइएको हो ।

सोमबार साँझ राजविराज नगरपालिका १६ बागेश्वरी मन्दिर अगाडी प्रहरीले स १० प १३ नम्बरको मोटरसाइकलमा राजविराजतर्फ ग्यास भराउन लागि आउँदै गर्दा सिलिन्डर चेकजाँच गर्दा पिँध काटेर ताल्चा लगाई सिलिन्डरभित्र लागूऔषध डाइलेक्स डिसी १ सय ४० बोतल बरामद गरिएको डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। घटनामा संलग्नराजगढ गाउँपालिका-६ का अशोक यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागूऔषध कारोबारीका लागि ट्रन्जिट प्वाइन्ट रहेको सप्तरीका विभिन्न नाकाबाट दैनिक ठूलो परिमाणमा लागूऔषध भित्रिदै आएको छ। तर पछिल्लो पटक ग्यास सिलिन्डरभित्र नै राखेर लागूऔषध राखेर भित्र्याएको भने नौलो हो। ग्यास सिलिन्डर हेर्दा समान्यतया ग्यास भराउन लग्दै गरेको भन्दै कसैले शंका वा चेकजाँच पनि नगर्ने सोचेर कारोबारीहरुले नयाँ विधि अपनाएका हुन्।

सप्तरी जिल्लामा ५१ किलोमिटर भारतसित जोडिएको खुला सिमाना छ। सिमा नाकामा नेपाल र सशस्त्र गरी दुवै प्रहरीको इकाईहरु छन्। तर कारोबारीहरु भने सिमा नाकामा कमै पक्राउ पर्ने गरेका छन्। सिमा नाका भन्दा १० किलोमिटर उत्तर आएर सदरमुकाम आसपासका क्षेत्रमा मात्र कारोबारी पक्राउ पर्ने गरेका कारण सिमा क्षेत्रका प्रहरीमाथि पनि शंका उब्जाएको छ।

०७५ साउनदेखि ०७६ असारसम्म सप्तरी प्रहरीले भारतबाट लागूऔषध भित्र्याउँदै गरेका ८१ जनालाई सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ। तर प्रहरी अझै पनि मूल कारोबारीसम्म पुग्न सकेको छ।

प्रहरीले विभिन्न समयमा पक्राउ गरेका मध्ये अधिकांस प्रयोगकर्ता र भरिया मात्र छन्। मूल कारोबारी सम्म प्रहरीको अनुसन्धान पुग्न सकेको छैन्। जसका कारण नयाँ नयाँ भारिया खोजेर कारोबारीहरुले लागूऔषध नेपाल भित्र्याउने गरेका छन्।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध