जनकपुरधाम, १७ भदौं । नेपाल विद्युत प्राधिकरण गौशाला बितरण केन्द्रले महोत्तरी जिल्लाको भंगाहा नगरपालिकामा विद्युत महसुल संकलन काउन्टर स्थापना गरेको छ । प्राधिकरण गौशाला वितरण केन्द्रले ग्राहकबाट विद्युत महसुल संकलन कार्य सहज र सुलभ बनाउन नयाँ काउन्टर स्थापना गरेको हो ।
काउन्टर मंगलबारबाट सञ्चालनमा आएको छ । काउन्टरको प्राधिकरण जनकपुर प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले उद्घाटन गरे । सञ्चालनमा आएको काउन्टरबाट ८ हजार ग्राहकले सेवा पाउने वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहले बताए ।
उनका अनुसार भंगाहा नगरपालिका, औरहि र बर्दिबास नगरपालिकाका केही वडाका ग्राहकले यो काउन्टरबाट सेवा पाउने छन् । ‘ग्रामीण भेगका ग्राहकलाई सहज सेवा दिनलाई काउन्टर स्थापना गरेका हौं,’ सिंहले भने ‘ अब वितरण केन्द्रलाई नियमित महसुल संकलन गर्न सहज हुन्छ ।’
उनले ग्राहकको आवश्यकताअनुसार काउन्टरबाट सेवा सुरु गरेको बताए । वितरण केन्द्रअन्तर्गत ४४ हजार ग्राहक छन् । बर्दिबासमा वितरण केन्द्रको उपकेन्द्र पनि छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय क प्रमुख मनोज कुमार सिंहले गरीब बिपन्न तथा असाहयहरु लाई स्थानीय तहको सिफारिसमा प्रक्रिया मिलाइ निशुल्क मिटर उपलब्ध गराउने बताए । उनले यस प्रदेशका उपभोक्तहरु बिद्युतमा छिटै सकारात्मक परिवर्तनको अनुभुती गर्ने बिश्वास व्यक्त गरे ।
प्रमुख सिंहले स्थानीय तहहरुमा भैरहेको बिद्युत चुहावट नियन्त्रण तिर सकारात्मक जनचेतना फैलाउन आग्रह गरे । सो कार्यक्रममा भंगहा नगरपालिकाका मेयर सन्जिब साहको समेत उपस्थिति रहेको थियो ।