Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सर्लाहीका गरिबको रगत चुस्ने ‘परदेशी’लाई नेकपा नेताको संरक्षण !

टुडे खोज लेखक टुडे खोज
भदौ १८, २०७६, १:४८ AM
0
सर्लाहीका गरिबको रगत चुस्ने ‘परदेशी’लाई नेकपा नेताको संरक्षण !

सर्लाही, १८ भदौं । ऋण दिएको चारदेखि पाँच गुणासम्म ऋणीसँग असुल्ने र असुलेपनि मुद्दा हालेर जेलसम्म पु-याउने सर्लाही मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’ पक्राउ परेका छन् ।

उनलाई कार्वाही गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला स्तरीय नेताहरुले पछिल्ला दिनमा भूमिका खेल्दै आएका छन् । पीडितहरुलाई काठमाण्डु लगी शिर्ष नेतासम्म भेट् गराउने कामदेखि न्याय दिलाउने सवालमा नेकपा नेताहरु सकृय छन् । एकातिर उनलाई केहि नेताले कार्वाही गराउने पक्षमा देखिएका छन् भने केहि नेताले उनलाई विगतमा बचाएको दृष्टान्त पनि छ ।

अहिले पनि नेकपाकै केहि नेताले पक्राउ परेका परदेशीलाई बचाउने प्रयासमा लागेको नेकपाबृत्तमै चर्चा छ । नेकपाभित्रकै दुई खेमा कार्वाही गराउने र बचाउने दाउमा लाग्दा नेकपाकै एक जना नेता परदेशीसँग पीडित बनेको तथ्य बाहिर आएको छ । पीडामा परेका ऋणीहरु खुलेर परदेशीबिरुद्व बाहिर आएपछि नेकपाका ती नेता सम्पर्कमा आएका छन् । परदेशीसँग ऋण लिएका उनले ऋण तिर्ने भाका हुँदाहुँदै तमसुककै लिखत कागजातकै आधारमा आफ्नो घर र जग्गा खिचौंला गरी आफ्नो बनाएको बताएका छन् ।

परदेशीसँग २०७२ सालमा बुवाको उपचार गराउन भन्दै २ लाख ७० हजार ऋण लिए । जग्गाको राजिनामा नगराए परदेशी ऋण दिने पक्षमा थिएनन्’ नेकपाका इश्वरपुर नगरपालिका इन्चार्ज समेत रहेका धामीले भने, “तत्काल जग्गा मेरी छोरी इलाको नाममा पास गरिदिनुस्, रकम बुझाएपछि तपाईंको नाममा फिर्ता हुन्छ भन्दै आफूले जग्गा इलाको नाममा राखिदिएको थिएँ ।’

इलाको नाममा जग्गा राखेर लिएको ऋणको व्याज र सावा तिर्दै आइरहेपनि परदेशीले छोरीको नाममा गराएको तत्कालिन बलबा सोकनाहा गाविसको वार्ड नम्बर २ ख कित्ता नम्बर २२५ को घरसहितको २ कठा ५ धुर जग्गा आफ्नो पत्नी मन्जुको नाममा गराएको पास गराएको नेता धामीको भनाई छ ।

जग्गा पास मात्र होइन् धामीसँग परदेशीले २ लाखको एक, एक करोडको एउटा र ३१ लाख २० हजारको अर्काे एक गरी तीन वटा छुट्टाछुट्टै तमसुक बनाएका छन् । ‘जालसाजी गरेर उनले मेरो घर र जग्गा हड्पेका छन्’ धामी भन्छन्, “मलाई न्याय चाहियो ।”

एकातिर परदेशीबाट नेकपाकै नेता पीडित बनेका छन् भने अर्काेतर्फ नेकपाकै नेताहरुले परदेशीलाई बचाएको देखिएको छ । परदेशीले ऋणीहरुलाई अत्यधिक मानसिक तनाव दिएपछि गत माघमा पीडित महिलाहरुको समूहले परदेशीका छोरालाई समातेपछि नेकपा केन्द्रीय सदस्य रेवती पन्तले सहमति गराउँदै उनका छोरा उम्काएको चर्चा छ ।

नेकपाका प्रदेश कमिटि सदस्य कमल बूढाथोकी पनि पार्टीका केहि नेता परदेशीलाई बचाउनेतिर लागेको बताउँछन् । तर यसले केहि फरक नपार्ने बताउँछन् उनी । परदेशीकै पक्ष लिने थोरै मात्र छन्, यसले कुनै फरक पार्देन्’ बूढाथोकीले भने ।

नेकपाका जिल्ला इन्जार्च दाताराम वाग्ले पार्टीका साथीहरुले विगतमा गराएको सहमति समस्या समाधानकै निम्ति गराएको बताए । ‘अहिलेको अवस्थामा कोहि पनि’ उनको पक्षमा जान सक्दैनन्’ वाग्लेले भने, “पीडितहरुलाई न्याय दिलाउन पार्टी केन्द्रीय कमिटिकै निर्णय भएकाले यो निर्णयबिरुद्व जाने जोकोहिलाई पनि कार्वाही हुन्छ ।”


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध