बरियारपट्टी गाउँपालिका अध्यक्षको चेम्बरमा आगजनी, टेबल र कुर्सी जलेर नष्ट


मुकेश यादव, लहान, १८ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिकामा अज्ञात समुहले आगजनी गरेको छ । बरियारट्टी गाउँपालिका ३ मा मंगलवार राति गाउँपालिका अध्यक्ष संतोश महतोको चेम्बरमा आगजनी गरेको हो ।

गाउँपालिका अध्यक्ष महताले आगजनीबाट चेम्बरको सोफासेट, टेबल र दराज जलेर नष्ट भएको बताए । आगजनी भएको थाहा पाएपछि स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जनाएको छ ।

वडा नम्बर ३ का अध्यक्ष अन्नतलाल यादवले अध्यक्ष महतोको चेम्बरका झ्यालको चुकुल विग्रेको र त्यहीबाट आगो लगाएको जानकारी दिए । उनले आगजनी गर्न प्रयोग गरिएको आधा बोटल पेटरोल समेत त्यही छाडेर गएको पनि बताए ।

आगजनी कसले गरेको विषयमा केहि खुल्न सकेका छैन । ईलाका प्रहरी कार्यालय बरियारपट्टीके केहि व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ