जीप दुर्घटना हुँदा दुईको मृत्यु


वालिङ, १८ भदौं : स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ ।

गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको हो । मृत्यु भएका दुवै जनाको सनाखत हुन सकेको छैन ।

२६ जना घाइतेमध्ये केहीलाई तानसेन रिफर गरिएको छ भने केहीको स्थानीय गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार १०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ