सिरहाका तीनजना फरार प्रतिवादी पक्राउ


लहान, १९ भदौं : विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव रहेको छ ।

त्यस्तै लेनदेन बिगो मुद्दामा फरार सिराहा नगरपालिका–१२ सास्वरका ५५ वर्षीय काशिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ भाद्र १९, बिहीबार ०६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ