सुनको मुल्य घटयो, तोलाको ७३ हजार ४ सयमा कारोबार


काठमाडौ, १९ भदौं : बिहिबार सुनको मूल्य घटेको छ। ७३ हजार ४ सयमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यावसायी महासंघले जनाएको छ।

तोलामा एक सय रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो। बिहिबार सुनको मूल्य घटेर ७३ हजार ४ सयमा कारोबार भइरहेको हाे।

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य ७३ हजार १ सय र चाँदीको ९ सय ४० प्रतितोला मूल्य निर्धारण भएकाे जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र १९, बिहीबार ०६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ