जनकपुरधाम,१९ भदौं : धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल विरुद्ध जनकपुरधाममा विहिवार प्रदर्शन गरिएकोछ । गत साउन २१ गते प्रहरी र स्थानीयबासिन्दाबीच बघचौडामा झडपको क्रममा सो नगरपालिका वडा नं. २ बस्ने ५७ वर्षिय तपेश्वर मण्डल घाइते भएका थिए ।
जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा बुधवार राती मण्डलको मृत्यु भएको थियो ।मृत्यु पछि उपमेयर रेनु झा समर्थक बघचौडाका बासिन्दाहरुले मेयरमाथि कार्वाहीको मागगर्दै विरोध प्रदर्शन गरे । हँसपुर नगरका मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच निर्वाचित भएदेखि नै विवाद चल्दै आएकोछ ।मेयर र उपमेयर दुवै जना राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको तर्फबाट निर्वाचित भएका हुन् ।
गत महिना नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद चर्किएको थियो ।उपमेयरले बघचौडा स्थित कार्यालय आफ्नो नियन्त्रणमा लिएपछि मेयर बेल्ही चोकमा केन्द्र स्थापनाको बहुमतबाट निर्णय गरे ।कार्यालयको कागजात , फर्निचर लगायतका सरसमानहरु सार्ने क्रममा विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको थियो ।प्रहरीको कुटाइबाट घाइते भएका मण्डलको मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका हुन् । शव अस्पतालमा राखिएको छ । पोष्टमार्टम हुन सकेको छैन् ।
सम्बन्धित समाचार :