Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रणनीतिक साझेदारीको खाँचो

टुडे खोज लेखक टुडे खोज
भदौ १९, २०७६, २:२० PM
0
रणनीतिक साझेदारीको खाँचो

जनकपुरधाम, १९ भदौं : प्रदेश तथा स्थानीय तहले गर्ने काम कारवाहीमा नीतिगत सामञ्जस्य र योजना व्यवस्थापनमा रणनीतिक साझेदारीेको खाँचो आँैल्याइएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित प्रदेश समन्वय परिषद् (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी नमूना कार्यविधि २०७६ को अन्तरक्रिया कार्यक्रममा सहभागीले सो खाँचो आँैल्याउँदै साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँटसम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यको अभावले एउटै कार्यमा तीनवटै सरकारको लगानी गर्ने प्रवृत्तिका कारण पनि विकासमूलक परियोजना अव्यवस्थित बनेको उहाँहरूले बताउनुभयो । प्रदेश नं २ सरकारका आन्तरिक मामिला एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीयतालाई संस्थागत गर्न तीनै तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना जरुरी छ भन्नुभयो ।

सङ्घीयता नचाहने तत्वको चलखेलका कारण सङ्घीयतामाथि कालो बादल मडारी रहेको अवस्थामा तीनै तहमा सङ्घीयतालाई दिगो बनाउने कार्यविधि बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । प्रदेश सभासदस्य परमेश्वर साह, भरत साह र शिवचन्द्र चौधरीले एक आपसरमा बाँझिने कार्यविधि बनाउन हुन धारणा राख्दै तीनै तहका जनप्रतिनिधिले दम्भ नगरी धरातलीय यथार्थलाई आत्मसात गर्दै एक अर्कालाई सहयोग गर्नु पर्दछ भन्नुभयो ।

नेपाल नगरपालिका सङ्घका उपमहासचिव लालकिशोर साहले ऐन, विनियमका अभावले पनि समन्वयमा समस्या देखिएको प्रसङ्ग उल्लेख गर्नुभयो । सङ्घका प्रदेश नं २ का संयोजक शेख वकिलको अध्यक्षतामा भएको सो कार्यक्रममा अधिवक्ता सुनिलरञ्जन सिंहले कार्यविधि प्रस्तुत गर्दै तीनै तहलाई सबल बनाउन कार्यविधि तयार गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध