मुकेश कुमार यादव
लहान, २१ भदौं । सिरहाको बरियारपट्टीमा गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाईमा आयोजना गरिएको घुम्ती शिविरमा १ सय ४५ जनालाई नागरिकता वितरण गरेको छ । ५७ पुरुष, ८० महिला र ८ जना अविवाहितले नागरिकता लिएको छ ।
यस्तै फोटोसहितको मतदाता परिचयपत्रमा १४५ जनाले सेवा लिएका छन् । १ सय २ महिला र ४३ जना पुरुषले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
यता शिविरमा भाइरल ज्वरोका अधिकांस रोगीहरु देखा परेका छन् । ३८० जनाले स्वास्थ्य सेवा लिदा अधिकांस भाईरल ज्वरोवाल ग्रस्त रहेको उपचारमा संलग्न चिकित्सक डा नागेन्द्र प्रसाद यादवले बताए । भाईरल ज्वरोसँगै छला रोग, गठिया रोगका विरामीहरु उपचार गराएको डा यादवले बताए ।
आयुर्वेदिक तर्फ २५२ जनाले उपचार गराएको छ । बाथरोग, गठियाका रोगहरु देखा परेका थिए ।
घुम्ती शिविरमा २५१ खैरेत रोगको भ्याक्सिन गाई, भैंसीमा लगाईएको र ८ सय बाख्रालाई पिपिआर भ्याक्सिन दिईएको छ । पशु बंध्याकरण ८ र कृतिम बन्ध्याकरण २ गरिएको भेटेनेरी अस्पताल सिरहाका प्रमुख फुलगेन यादवले बताए ।
एकिकृत घुम्ती शिविरको अवसरमा २ हजार विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताए । अध्यक्ष महतोले गाउँमै सदरमुकाममा रहेका सेवाहरु प्रदान गर्न सकिएको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिन सम्बन्धित कार्यालयहरुसँग समन्वय गरिरह्न बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी गाउँमै पुगेर एकिकृत घुम्ती शिविर आयोजना गरी सेवा सुविधा प्रदान गर्दै जाने बताए ।
सरकारी कार्यालय गाउँमा आएर सेवा दिदा नागरीकलाई निकै सहज हुने भन्दै सिडियो अधिकारीले अगामी दिनमा जिल्लाका अरु गाउँपालिकामा समेत यस्तै घुम्ती शिविरमार्फत सेवा प्रदान गर्ने बताए ।