जनकपुरधाम, २२ भदौ । प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ । नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झलाई हटाएर उनलाई नियुक्त गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक रहिसकेका डा. झाले केही वर्षअघि मात्र अवकाश पाएका थिए । नव नियुक्त झाले प्रदेशलाई समृद्ध बनाउने खालले काम गर्ने प्रतिबद्धता जनाए ।