जनकपुरधाम, २२ भदौं । धुषाको हंसपुरकी उपमेयर रेणु झा विरुद्ध मेयर रामज्ञान मण्डलका पक्षधरले आज जनकपुरमा प्रदर्शन गरेको छ । मेयर मण्डलमाथिको मुद्दा फिर्ता लिन र उपमेयर झालाई कारवाही गर्न प्रदर्शन गरेको हो ।
नगरपालिकाको केन्द्र विवादमा गत साउन २२ गते भएको झडपमा घाइते एक बृद्धको मृत्यू भएपछि मेयर मण्डलसहित चार जनामाथि ज्यान सम्बन्धी मुद्दा दर्ता गराएको छ । सो मुद्दा खारेज र घटमामा उपमेयर दोषी रहेको भन्दै उनीमाथि मुद्दा चलाउन माग राख्दै प्रदर्शन गरेको छ ।
गाउँबाट आएका हजारौं सर्वसधारणले जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । स्रोतका अनुसार उपमेयर झा सहित तीन जना विरूद्ध पनि मेयर पक्षधरले मुद्दा दर्ता गराएको छ।