Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ : नामाकरणको विषयमा साँसदहरुबीच घम्साघम्सी

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७६, १:५५ AM
0
प्रदेश २ : नामाकरणको विषयमा साँसदहरुबीच घम्साघम्सी

जनकपुरधाम, २३ भदौं । प्रदेश २ को नामाकरणको विषयमा प्रदेश सभामा आइतवार व्यापक बहस भएकोछ । दलगत रुपमा पेश गरिएको प्रदेशको नामको पक्षमा नै साँसदहरुले आ–आफ्ना धारणा राखे ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेश प्रदेशको वकालत गरेका छन् । तर प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जानकी प्रदेश नाम राख्नुपर्नेमा जोड दिएको छ । नेपाली काँग्रेसका साँसदहरुले मिथिला–भोजपुरा नाम राख्न उपयुक्त हुने सुझाव दिएको छ ।

प्रदेश २ मा नाम र राजधानीको विवाद चल्दै आएको छ । प्रदेशको राजधानी जनकपुरधामको पक्षमा व्यापक समर्थन देखिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका साँसदहरुले राजधानी जनकपुरधाम नै उपयुक्त हुने धारणा व्यक्त गरे । बारा र पर्सा जिल्लाका साँसदहरु भने बीरगञ्जको पक्षमा धारणा राखेका छन् ।

राजधानी र नामाकरणमा साँसदहरुको राजनीतिक समिकरण फरक छ । वीरगञ्जलाई राजधानी बनाउने पक्षमा रहेका साँसदहरु मधेश प्रदेशको पक्षमा आफ्ना धारणा राखेका छन् । आइतवार साँझ सम्म चलेको प्रदेश सभाको बैठक नामाकरणमा नै केन्द्रित थियो ।

जनकपुरधाम राजधानी राख्न दुई तिहाई सहजै पुगेपनि नामाकरणमा त्यो स्थिति देखिएको छैन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलका अनुसार प्रदेशको नाम जानकी प्रदेश राख्नु उपयुक्त हुनेछ । नेकपाले लिखित रुपमा नै जानकी प्रदेश प्रस्ताव गरेकोछ ।

नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने अडानमा कायमै छन् । जनयुद्ध र त्यसपछिको केहि वर्ष पूर्व नेकपा माओवादीले मिथिला–भोजपुरा प्रदेश नामाकरण गरेका थिए ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध