सप्तरीमा डाक्टरको कमाल : बालकको घाँटीमा अड्किएका १ रुपैयाँको सिक्का निकालियो


राजविराज, २३ भदौं । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा थप एउटा जटिल शल्यकृया सफल भएको छ ।

घाँटीमा सिक्का अड्किएका एक बालकको सफल शल्यकृया गरी सिक्का निकालिएको अस्पतालका चिकित्सक विपिन देवले जानकारी दिए । उनका अनुसार राजविराज नगरपालिका ९ मलेठ निवासी ३ बर्षीय बालक सलमानको घाँटीमा १ रुपैयाँको सिक्का अड्किएको थियो ।

अड्किएको उक्त सिक्काको सफल शल्यकृया गरेर निकालिएको छ । सर्जन डा. महेश पोखरेल, ऐनेस्थेसियोलोजिष्ट डा. पारसमणि साहसहितको टीमले बालकको सफल शल्यकृया गरेका छन् ।

यही अस्पतालमा केहि महिनाअघि छतबाट खसेर बाँसमा खसेर छाती च्यातिएका एक बालकको पनि सफल शल्यकृया भएको थियो । यस्तै प्रसुति हुने समयमा पाठेघर च्यातिएकी एक महिलाको पनि सफल शल्यकृया गरिएको थियो ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०२:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ