वीरगञ्ज, २३ भदौं । पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विरगञ्जको ब्रम्हचोकमा रहेको ओम होटल एन्ड पार्टी प्यालेसमा आइतबार साँझ विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका वीरगञ्ज महानगरपािलका–२१ बस्ने ३२ वर्षीय अजय दासको मृत्यु वीरगञ्ज प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते दासको नेसनल मेकिल कलेजमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। दासको शव नारायणी अस्पताल राखिएको छ।