घाँस काट्ने क्रममा सर्पले डस्दा सप्तरीमा एक महिलाको मृत्यु


राजविराज, २३ भदौं । सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।

घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

तराईमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तराईका केहि ठाउँमा सर्पको बिगबिगी समेत देखिएको छ । समयमै अस्पताल पुर्याउन नसक्दा र सबै अस्पताल औषधि समेत उपलब्ध नभएको कारणले मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ