Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ को राजधानी जनकपुरमै शौचालयको अभाव, बाहिरबाट आउनेहरु समस्या झेल्दै

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७६, ९:२६ AM
0
प्रदेश २ को राजधानी जनकपुरमै शौचालयको अभाव, बाहिरबाट आउनेहरु समस्या झेल्दै

जनकपुरधाम, २३ भदौं । प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरमा बस्ने मानिसको संख्या लाखौँ छ । यसका अतिरिक्त रोजगारी र पढाईका लागि बस्नेकोसंख्या पनि उत्तिकै छ । जनसंख्याको चापाचाप भएको राजधानीमा सार्वजनिक शौचालय कति होला ?

तपाईँलाई लाग्ला यत्र तत्र सयौँ सार्वजनिक शौचालयहरु होलान् । तर कतै केही कामको सिलसिलामा प्रदेशको राजधानीमा हिँड्दै गर्दा शौच गर्नु परिहाल्यो भने तपाईँले सहजै पाउनुहुन्न । यसका लागि होटल या रेष्टुरा छिर्नैपर्छ । किनभने उपमहानगर भित्र पुग-नपुग ६ वटाजति मात्रै छन् सार्वजनिक शौचालय ।

प्राचिन मिथिलाको राजधानी एवं प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको जानकी मन्दिरको दर्शन गर्न दिनहुँ तिर्थालु भक्तजनहरु आउ–जाउ गर्छन् । नेपाल–भारतसहित तेश्रो मुलुकका पर्यटक या दर्शनार्थी यहाँ आउने गर्दछन् । तर उनीहरु राजधानीमै शौचालय नभएर प्रताडित हुनुपरेको छ ।

शुक्रबार महोत्तरी जिल्लाको औरही नगरपालिकामा बसोबास गर्दै आएका रामछविला महतो जानकी मन्दिरको दर्शन गर्न रामान्दचोकमा झरे । त्यसपछि जानकी मन्दिर पुगेर पूजापाठ गरी फर्किने क्रममा शौचालय खोज्न भौँतारिए । जसोतसो जानकी मन्दिरमा शौचालय भेटाए तर फोहोर शौचलयमा जाने मन भएन । अन्त्यमा एउटा होटेलमा गएर उनले आफ्नो भारी बिसाएको सुनाए ।

जनकपुरधाम धेरै पहिले आएका महतोले यहाँ आउनु भन्दा पहिला जनकपुरधामलाई लिएर आफ्नो मनमै यस ठाउँको परिकल्पना गरे जस्तो भेटेनन् । उनले जनकपुरधाम प्रदेशको राजधानी समेत रहेकाले यो व्यवस्थित सहर रहेको सोचेका उनको मनको कुरा मनमै रह्यो ।

शौचालय नभएपछि बाध्यतावस सडकको छेउमै दिसा–पिसाब गर्नु परेको भन्दै महतोले भने, ‘म पुरुष भएको कारणले खाली ठाउँ या सडककै छेउमा पिसाब गरेँ तर मेरो ठाउँमा कुनै महिला भएको भए उनका लागि ठूलो समस्या हुन्थ्यो ।’

यस्ता घटना प्रत्येक दिन यहाँ आउने तिर्थालु भक्तजन तथा पर्यटकसँग हुने गरेको छ । सार्वजनिक शौचालय नभएपछि नगरको विभिन्न क्षेत्रमा खाली ठाउँ रहेको क्षेत्रमा लजाई लजाई दिसा पिसाब गर्ने गरेको छ जसको कारण नगरको विभिन्न क्षेत्र दुर्गन्धित भएको देखिन्छ । एका तर्फ अहिले दुर्गम क्षेत्रहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइरहेका छन् भने अर्को तर्फ ऐतिहासिक नगरी तथा प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा शौचालयको अभाव रहेको छ ।

जनकपुरधामको विकासका लागि जनकपुरधाम उपमहागरपालिकाले ‘जनकपुर इज नट स्लिप’ नीतिलाई प्राथमिकतामा राखेको छ भने अर्कोतिर अति आवश्यक रहेको शौचालयतर्फ ध्यान जान सकेको छैन् ।

सरोकारवालाहरुले यसमा ध्यान नदिएपछि र्सावजनिक शौचालयको अभावमा नगर नै दुर्गन्धित हुँदै गएको छ । जनकपुरधाममा एक त शौचालय छैन्, जुन छ त्यो दुर्गन्धित भएपछि त्यहाँ मानिस जान नचाहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का रमेश झाले बताए ।

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता कुमारी मिश्रका अनुसार जनकपुरधामको विभिन्न वडामा खानेपानी मन्त्रालयको सहयोगमा विभिन्न ठाउँमा ३० वटा सार्वजनिक शौचालय निर्माण गर्न लागेको बताईन् । तर सरकारी कार्यालयमा रहेका शौचालयहरु पनि काम नलाग्ने अवस्थामा पुगेका छन् ।

  • राजा झा/ देशसञ्चार


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध