सिरहा, २३ भदौं । सिरहामा विद्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेको छ । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई पक्राउ गरेको हो ।
विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिएपछि रंगेहात उनलाई पक्राउ गरिएको अख्तियारका एक कर्मचारीले जानकारी दिए । घुस मागेको सूचना सेवाग्राहीले दिएको आधारमा उनलाई पक्राउ गर्न सफल भएको उनले बताए ।
पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको छ । आजै उनलाई अख्तियारको कार्यालय बर्दिबास लगिनेछ ।