काठमाडौं, २४ भदौं । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
- हेर्नुस् भिडियो