राजविराज, २४ भदौं । सप्तरीको राजगढ गाउंपालिका अध्यक्ष परमानन्द यादवले आफ्ना तीन भतिजालाई सरकारी मोटरसाइकल बाँडेका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा किनेका मोटरसाईकल मध्ये तीन मोटरसाईकल अध्यक्ष यादवले आफ्ना तीनभाईका छोराहरुलाई बाँडेका हुन् । रु २ लाख ५९ हजार ९ सय मूल्याको १५० सीसीको अभेञ्जर, रु २ लाख ५९ हजार ८ सयको १६० सीसीको होण्डा हर्नेट र रु २ लाख ८ हजार १ सय २९ पर्ने १२५ सीसीको होण्डा साइन मोटरसाईकल छोराहरुलाई दिएको गाउँपालिका स्रोतले जनाएको छ ।
अचम्म त के भने मोटरसाइकलमा नीजि नम्बर प्लेट राखेर चलाइरहेका छन् । गाउँपालिकाले १२ होण्डा साईन, एउटा हर्नेट र एउटा एभेञ्जर खरिद गरेको थियो । तिमध्ये अध्यक्षक तिन भतिजाले आफ्नो रोजाइ अनुसारको मोटरसाइकल लिएका छन् ।
अध्यक्षका भतिजाले चढ्ने उक्त मोटरसाईकलमा पेट्रोल समेत गाउँपालिकाले उपलब्ध गराउँदै आएको स्रोतको दावी छ । तीन वटा मोटरसाइकलमा एक वर्षमा ६ लाख ६६ हजार ८ सय रुपैयाँको पेट्रोल हालिएको छ । अध्यक्ष यादव आफू भने स्कारपियो चढ्छन् ।
Source : ajakoartha.com