Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

महोत्तरीमा खडेरीको चिन्ताले किसान पिरोलिँदै

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७६, ४:१३ AM
0
खडेरीको चिन्ता

दृश्य : समाजिक संजालबाट

गोपालप्रसाद बराल
महोत्तरी, २५ भदौं ।
दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् । लामो खडेरीले धान रोपिएको खेत चिरा परेर ९धाँजा फाटेर० रोपो पहेँलिदै गएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका हुन् । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता नै पानी परेको छैन ।

“वर्षाकाल (याम) भनिने साउन÷भदौमा दिनभरि प्रचण्ड घाम र रातभरि आकाशमा तारा देखिन्छन्, पानी पर्ने कुनै छाँट देखिँदैन”, जलेश्वर नगरपालिका–५ का किसान रहिमन मण्डलले भन्नुभयो, “यसपालि अब धान बौरिने ९पँहेलिएको रोपो हरियो हुने० देखिँदैन ।” जिल्लाको मुख्यबाली धान खेतमा पहेँलिएर सुक्दै गएपछि रहिमनजस्तै सबै किसान अहिले चिन्तित छन् ।

जेठ÷असारको लामो खडेरीले धानको बीउ हुर्काउन नसक्दा रोपाइँको उपयुक्त बेला असारे पन्ध्रताका यहाँका किसानले धान रोप्न पाएनन् । असार अन्तिम सातामा बाढी र डुबानले थिलथिल्यायो । साउन १५ यता फेरि लामो खडेरी परेपछि थोरैतिनो रोपिएको धान पनि खेतमै सुकेपछि यसपालि धान भित्र्याउने आस मरेको महोत्तरी गाउँपालिकाको हरिगोरीगम्मा गाउँका किसान रामगुलाम पासवान बताउनुहुन्छ । जिल्लामा करीब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरको सेरोफेरोमा हिउँदे धानखेती हुँदै आए पनि यसपालि मौसमको प्रतिकूलताले ३५ हजार हेक्टरभित्र मात्र धान रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछिल्लोपटक रोपिएको धान पनि साउन १५ यताको खडेरीको मारमा परेको कार्यालयको जलेश्वर सम्पर्क कार्यालयका कृषि प्राविधिक रामकैलाश साहको भनाइ छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशतमात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकाशे पानीका भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन् । यसपालि त सिञ्चित भनिएका जग्गाको पानीका स्रोतको लामो खडेरीले मुहान सकाएपछि यस्ता खेतमा पनि धाँजा फाटीरहेका बर्दिवास नगरपालिका–३ कालापानीका किसान नरबहादुर पुलामी बताउनुहुन्छ ।

पाका किसान ६५ वर्षीय पुलामीले आफ्नोे धान रोपिएको धाँजा फाटेका खेत देखाउँदै भन्नुभयो, “प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो रु” चुरे पर्वत श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही र बाँकेलगायतका नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन् ।

पछिल्लोपटकको एक महीनाभन्दा लामो खडेरीले खेतबारी सुकाउने मात्र नभई बस्ती–बस्तीका खानेपानीका स्रोतका मुहान सुकाउँदै लगेको छ । उत्तरी क्षेत्रमा खानेपानीको स्रोत नदीको पानी र इनार तथा मध्य एवं दक्षिणी क्षेत्रमा चापाकल, इनार र केही ठाउँमा आर्टिजिन बोरिङ रहँदै आएका छन् । लामो भदौ १५ यता आफ्नो बस्तीका १५ भन्दा बढी चापाकल सुकेका भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठले बताउनुभयो ।

जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले सुक्दै गएपछि यसपालि अन्नको सङ्कट बढ्ने आम किसानको चिन्ता छ । यसैबीच कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय जलेश्वरका कृषि विज्ञले भने अब अहिलेदेखि नै कम पानीमा गर्न सकिने बाली लगाउने तयारी गर्नपर्ने सुझाएका छन् । हिउँदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी र अन्य तरकारी बाली भदौभित्रै लगाउन सके जाडो मौसम लागेपछि पानीबिना बाली डढ्ने स्थिति नरहने विज्ञको सुझाव छ ।

जिल्लाका १५ स्थानीय तहले कृषिलक्षित विभिन्न घोषणा गरे पनि सिँचाइको समुचित प्रबन्ध हुन नसक्दासम्म ती प्रभावकारी नदेखिने भएको छ । स्थानीय तहले फलपूmलका बिरुवा बाँड्ने, कहीँकहीँ नमूना बीउबिजन दिने र पशुपालक किसानलाई घाँसका बीउ तथा बिरुवा दिइए पनि सिँचाईको अभावले समस्या हुने देखिएको छ । रासस

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध