वीरगञ्ज, २५ भदौं । पर्सामा करेन्ट लागेर पाँच वर्षीय बालकको ज्यान गएको छ । धोबिनी गााउँपालिका २ का धरीचन बैठाका ५ वर्षीय छोरा मन्टु बैठाको करेन्ट लागेर ज्यान गएको हो ।
पर्सा प्रहरीका अनुसार घरमै खेलिरहेका बेला बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको थियो । घटनास्थलमै ज्यान गएको उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।