संविधान बनेको दिन ‘कालो दिवस’ मनाउँछौं : राज्यमन्त्री मण्डल


जनकपुरधाम, २५ भदौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीले सुरेश मण्डलले संविधान बनेको दिन (असोज ३ गते) कालो दिवस मनाउने बताएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री समेत रहेका राज्यमन्त्री मण्डलले प्रदेश २ सरकारले गरेको निर्णय नमान्ने बताए । उनले मन्त्रिपरिषद्को निर्णयविरुद्ध राजपाका मन्त्रीहरुले कालो दिवस मनाउने समेत बताए ।

प्रदेश २ मा राजपा र समाजवादी पार्टीको संयुक्त सरकार छ । उक्त सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । तर त्यो निर्णयप्रति राजपाका तर्फबाट बनेका मन्त्री र राज्यमन्त्रीहरु असन्तुष्टि जनाएका छन् ।

राज्यमन्त्रीले मण्डलले संविधान मधेशी जनताको रगतबाट लेखिएकोले स्वीकार गर्न नसकिने बताए । मधेशमा राज्यले मधेशीको हत्या गर्दै मधेस विरोधी संविधान जारी गरेको उनको तर्फ छ । उनले संशोधन नभएसम्म संविधान दिवस मनाउन नसक्ने पनि बताए ।

प्रकाशित : २०७६ भाद्र २५, बुधबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ